खोज–अनुसन्धान

मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लागिसक्यो : मन्त्री शाह



कपिलवस्तु २२ जेठ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको गुनासो गरेकी छिन् ।उनले कर्मचारीहरुबीच एकले अर्कालाई आपेक्षा मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराएकी छन् । विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उनले मन्त्रालयलाई नमूनायोग्य मन्त्रालयको रुपमा विकास गर्नेगरी काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिइन् । कुनै बद्नामी नहुने गरी कर्मचारीहरुले काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो । उनले कर्मचारीहरुले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनै पनि गतिविधि गर्न नहुने जिकिर गरिन्

‘हाम्रो मन्त्रालय एउटा नमूना मन्त्रालय हो । त्यो खालको सन्देश हामीले दिनु पर्छ । हामी हामीमा नै फलाना खत्तम, ऊ खत्तम । मैले यो भन्दा अरु सुनेकै छैन मन्त्रालयमा । प्रगतिको कुरा सुनेकै छैन । यो फलानालाई बनाउनु हुँदैन है, खराब छ । अर्को आयो, त्यो खराब छ भन्छ । ए बाबा, कति सुन्नु यस्ता गुनासाहरु रु सुन्दासुन्दै दिक्क, वाक्क लाग्छ’, उनले भनिन् । मन्त्री साहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो परीक्षणको कामलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन् ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६