अर्थ-वाणिज्य

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्विरोध



कपिलवस्तु २७ जेठ ।नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल निर्विरोध भएका छन् । उनी निवर्तमान अध्यक्ष हुन् । त्यसैगरी सचिवमा तोजबहादुर रायमाझी विधान निर्विरोध भएका छन् । उनी पनि निवर्तमान सचिव हुन् । तर उपाध्यक्ष, उपसचिवद्वय र अन्य सदस्यहरूमा भने निर्वाचन हुने भएको छ ।
उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको छ भने उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसाल र महिला उपसचिवमा शिवकला बिक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको छ ।

शनिवार सुरु भएको नवौँ अधिवेशनमा ६ पालिकाबाट ५ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन् । मुख्य पद रहेको अध्यक्ष र सचिवमा निर्विरोध भएपछि केही प्रतिनिधिहरू फर्कन थालेका छन् ।अहिले पनि विभिन्न पालिकाबाट आउने सदस्यहरू मिलाउन बैठक बसिरहेको र निर्वाचन सोमबार नै हुनसक्ने जिल्ला प्रचार विभाग प्रमुख शोभाखर पन्थीले नेपाल प्रेसलाई जानकारी दिए ।अध्यक्षमा पीताम्बर भुसाल र सचिवमा तोजबहादुर रायमाझी विधान निर्विरोध हुनुभयो, अन्य पदाधिकारीमा निर्वाचन हुने भयो, त्यो आज हुनसक्ने सम्भावना कम छ’ उनले भने ।

प्रकाशित : २७ जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६