अर्थ-वाणिज्य

न्यायाधीश गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला



कपिलवस्तु २८ जेठ । कपिलवस्तुमा न्यायाधीश भएका बेला दर्ता भएको बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख तीन गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

रावल र गिरीले २०७५ सालमा विवाह गरेका थिए । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । गिरी विरुद्ध कपिलवस्तु अदालतमा वैवाहिक बलात्कार मुद्दा दर्ता छ ।
कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि गिरी मुद्दा फिर्ता गराउन सक्रिय बनेका थिए । यही क्रममा गिरीले २०७९ चैत २७ गते रावलको सामाखुसीस्थित डेरामा पुगेर बलात्कार गरेको भन्दै पत्नी रावलले जिल्ला अदालत काठमाडौंमा बलात्कार कसुरमा मुद्दा दायर गरेकी थिइन् ।

रावलले न्याय पाउनका लागि लामो समयको सडक संघर्ष गर्दै आएकी थिईन । पतिबाटै बलात्कार भएको मुद्दा किनारा लगाउन अदालतले ढिलासुस्ती गरेको भन्दै उनी २०८० असार १० देखि दुई महिनासम्म अनशन बसेकी थिइन् । उनले २०८० माघ एक देखि दोस्रो चरणको अनशन थालेकी थिइन् ।सरकारले गाँस, बास, कपास र जीविकोपार्जन सहितको पीडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै अनशनरत थिइन् ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६