अर्थ-वाणिज्य

तत्कालीन मालपोत अधिकृत मिश्रसहित तीन जनालाई आठ वर्ष कैदको फैसला



काठमाडौं ६ असार । मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित तीन जनालाई आठ वर्षका दरले कैद सजाय तोकिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले बुधबार सजाय निर्धारण गरेको हो ।

राजस्व चुहावटको अभियोगमा मिश्रलाई ८ वर्ष कैद, २ करोड ५० लाख २३ हजार ९८१ रुपैयाँ जरिवाना र एक करोड २५ लाख ११ हजार ९९० रुपैयाँ बिगो असुल गर्न विशेष अदालतको आदेश छ । इजलासले जेठ २८ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज बुधबार पेशी तोकेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रको हस्ताक्षरबाट पारित लिखतबाट संकलन भएको सो रकम भ्रष्टाचार भएकाले दुई करोड ९ लाख ३१ हजार ६४७ बिगो कायम गर्दै त्यसको दोब्बर रकम जरिवाना हुन मागदाबी लिएको थियो । सोही मालपोत कार्यालयका तत्कालीन अधिकृत भूपबहादुर बोगटीलाई पनि आठ वर्ष कैद र मिश्रलाई जति नै बिगो तथा जरीवाना भराउने फैसला भएको छ ।

अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१ भन्दा दोब्बर जरिवानासहित मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर भएको थियो । उनलाई पनि आठ वर्ष कैद तथा बिगो र जरिवाना पनि मिश्र र बोगटीलाई जति नै तोकिएको छ ।
अरु तीन जनालाई पनि विशेष अदालतले दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ । तत्कालीन मालपोत अधिकृत गोपाल ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपैयाँ बिगो कायम गर्दै त्यसको दोब्बर जरिवाना माग गरिएको थियो ।

उनलाई ४ वर्ष कैद, ७० लाख ९१ हजार ९ सय रुपैयाँ जरिवाना र ३५ लाख ४५ हजार ९५० रुपैयाँ बिगो भराउने फैसला भएको छ । तत्कालीन अधिकृत पदमप्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना माग गरिएको थियो । विशेष अदालतले उनलाई २ वर्ष कैद, ३३ लाख ६३ हजार २ सय रुपैयाँ जरिवाना र १६ लाख ८१ हजार ६ सय रुपैयाँ बिगो भराउने फैसला गरेको छ ।

प्रकाशित : ७ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६