बुटवल ६ असार । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनारीका सामनहरु जलेर नष्ट भएका छन् । ३ जिल्लावाट आएका दमकल स्थानीय र प्रहरीले आगलागी नियन्त्रण गरेकोछ । बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । यो समाचार तयार गर्दासम्म आगो नियन्त्रणमा आएपनि क्षेतीको विवरण एकिन हुन सकेको छैन । ।बुटवल उपमहानगरपालिका कपिलवस्तु सहित ३ जिल्लावाट भि,काइएका दमकल, प्रहरी र स्थानीयले अहिले आगो नियन्त्रण गरेका हुन् ।
७ असार २०८१, बिहिबार
प्रतिक्रिया