अन्तर्राष्ट्रिय

केजरीवाल आज जेलबाट छुट्ने : अदालतले दियो जमानत



एजेन्सी ७ असार ।दिल्ली सरकारको मदिरासम्बन्धी नीतिसँग जोडिएको भ्रष्टाचारको आरोपमा जेलमा रहेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले जमानत दिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार राउज एभिन्यु अदालतले बिहीबार ९जुन २० मा० दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा हुन पाउने सुविधा दिएको हो। उनी शुक्रबार जेलबाट बाहिर आउन सक्नेछन्।उता ईडीले भने जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ। अदालतले भोलि न्यायाधीशसमक्ष यो बहस गर्न सकिने जनाएको छ।

यसअघि ईडीले अदालतलाई ४८ घण्टाका लागि जमानतमा रोक लगाउन भनेको थियो, तर भ्याकेसन बेन्चले यसलाई अस्वीकार गर्‍यो।अदालतले केजरीवाललाई १ लाख रुपैयाँ धरौटी बुझाउन भनेको छ।

यसअघि सर्वोच्च अदालतले लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिँदा रिहा भएका केजरीवाल सो अवधि सकिएपछि अप्रिल २ मा पुनः तिहाड जेल फर्किएका थिए। केजरीवाल मार्च २१ मा पक्राउ परेका थिए।

प्रकाशित : ८ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६