अन्तर्राष्ट्रिय

अमेरीका र भारत सहित आठ देशमा राजदूत सिफारिस




कपिलवस्तु ७ असार।मन्त्रिपरिषद्ले ८ देशका लागि राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक ८ देशका लागि राजदूत सिफारिस गरेको हो।शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेल पठाउने भएको छ। घिमिरे उद्योग मन्त्रालयका पूर्वसचिव हुन्। रेग्मी यसअघि बेलायतका राजदूत भइसकेका व्यक्ति हुन्। प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन्। उनी विद्या भण्डारी राष्ट्रपति छँदा सल्लाहकार पनि भएका थिए।यस्तै सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्।
तुलाधर र डा तिम्सिना सामाजिक आन्दोलनमा सक्रिय छन्। तुलाधर २०७८ जेठमा अस्ट्रेलियाका लागि राजदूत सिफारिसमा परेकी थिइन्। उनी मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी पनि हुन्। गैरसरकारी संस्था सिबिनसँग पनि आबद्ध थिइन्।डा तिम्सिना गैरसरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष हुन्। उनी अति कम विकसित देशहरू (एलडीसी) का नागरिक संस्थाहरूको अन्तर्राष्ट्रिय आन्दोलनमा सहभागी सहभागी छन्। उनले नेपाल रेडक्रस सोसाइटीको पनि नेतृत्व गरिसकेका छन्।

प्रकाशित : ८ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६