अर्थ-वाणिज्य

करण परियारले चुमे नेपाल आइडल सिजन -५ को उपाधि



कपिलवस्तु ९ असार ।करण परियारले चुमे नेपाल आइडल सिजन(५ को उपाधि, पोखराकी सलोमी गुरुङ भईन फस्ट रनरअप ।नेपालकै प्रतिष्ठित फ्रेन्चाईज गायन रियालिटी शो “नेपाल आइडल सिजन ५” को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार सम्पन्न भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीहरु लाई पछि पार्दै करण विजेता घोषित भएका हुन्।उनले पोखराकी सलोमी गुरुङ तथा दार्जिलिङका सचिन विश्वकर्मा र मोहीत भुजेलाई पछि पार्दे विजेता बनेका हुन ।
सिजन ५को विजेता बने संगै परियारले २५ लाख नगद पुरस्कार हात पनि हात पारेका छन । फस्ट रनरअप बनेकी पोखराकी सलोमी गुरूङले उपाधीसंगै रु।१० लाख नगद र सेकेन्ड रनरअपको उपाधी पाएका सचिन विश्वकर्माले नगद ५ लाख पुस्कार प्राप्त गरे। त्यस्तै, थर्ड रनरअपको उपाधी हासील गर्ने दार्जलिङका मोहित भुजेलले स्कुटर पुरस्कार प्राप्त गरे।
नेपाल आइडलको छनोट चरणमै तहल्का पिटेका करण पयिारलाई उपाधी दावेदारका रुपमा सुरुदेखीनै हेरीदै आएको थियो । यसअघि नेपाल आईडलको पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापा मगरले नेपाल आइडलको उपाधि चुमेका थिए।

शनिबार साँझ सम्पन्न फिनालेमा प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल लगायतले प्रस्तुति दिएका थिए । रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरेको सिजन ५मा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा तथा इन्दिरा जोशी जजका रुपमा रहेका थिए। यस अघि सिजन ३ सम्म रहेका यी निर्णयकहरु सिजन ४ मा भने थिएनन्। सिजन ४ मा भने शम्भुजित बाँस्कोटा, सुवानी मोक्तान र सुगम पोखरेल निर्णायक थिए।सिजन ५ को अडिसन २१ पुसदेखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो। सिजन ५का लागि देश भरिबाट १ सय ५२ जना छानिएका थिए।

प्रकाशित : १० असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६