खोज–अनुसन्धान

बालेनलाइ कार्यपालिका सदस्यको सुझाब :नेतालाई क्षुद्र गाली गरेर आफ्नो कद घटाउनु भयो



काठमाडौं २५ असार । फेसबुकबाटै स्थगन भएको काठमाडौं नगरसभाको १५औं अधिवेशनले नीति तथा कार्यक्रम पारित गर्दा नगरसभा सदस्यहरुले मेयर बालेन्द्र शाहलाई अरुको पनि सम्मान गर्न सुझाव दिएका छन् ।मंगलबारको नगरसभा अधिवेशनमा मेयरले दिएको समयमा बोल्दै नगरसभा सदस्य शर्मिला परियारले नगरसभा स्थगन र सञ्चालन ‘फेसबुकबाटै गर्ने हो अबदेखि’ भनेर प्रश्न गरिन् ।उनले सामाजिक सञ्जालबाटै नगरसभा चलाउन लागेको हो कि भनेर मेयरलाई प्रश्न गरेकी हुन् ।
वडा नम्बर ३ बाट निर्वाचित दलित महिला सदस्य परियारले मेयर शाहले सम्मानित नेताहरुलाई विनाप्रमाण सामाजिक सञ्जालबाट गालीगलौज गर्दा महानगरकै गरिमा कमजोर बनिरहेको बताइन् ।उनले भनिन्, ‘विनाप्रमाण कसैलाई गालीगलौज गर्नुअघि म कुन हैसियतमा छु भन्ने पनि बुझ्नुपर्छ । प्रमुखज्यू, तपाईंले आफू राम्रो देखिनका लागि अरुलाई नराम्रो देखाउन पर्दैन । नगरसभाको गरिमा अरुलाई गालीगलौज गरेर, सामाजिक सञ्जालबाट आरोप लगाएर बढ्ने पनि होइन । सम्मानित नेताहरुलाई गाली गरेर तपाईंको हैसियत बढ्दैन ।’पछिल्लो समय मेयर शाहले फेसबुकबाटै कांग्रेस र एमालेमाथि आरोपित गर्दै नगरसभा स्थगित गरेका थिए ।

प्रकाशित : २६ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६