ब्रेकिंग न्युज

विषादी खुवाएर दुई छोरीको हत्या, आमा फरार



कपिलवस्तु १५ भदौ । मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला परेका छन् । उनीहरु धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन् । उनीहरुलाई विषादी खुवाएर हत्या गरिएको प्रहरीले जनाएको छ ।बच्चा मृत अवस्थामा भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हत्या हुनेमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की रहेका छन् । आमा अस्मिता भने फरार रहेको बताइएको छ ।
केरा बगानमा दुई वटा बच्चा मृत अवस्थामा फेला परेको भन्ने खबर स्थानीयले प्रहरी चौकी गछियालाई जानकारी गराएपछि प्रहरीले घटनास्थलमा पुगेर छानबिन गरेको छ । प्रहरीले आफ्ना दुवै छोरीलाई विष खुवाएर आमा फरार भएको हुनसक्ने अनुमान गरेको छ ।बालिकाहरुको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताइएको छ ।

प्रकाशित : १६ भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६