ब्रेकिंग न्युज

माउण्ट एभरेष्टको ३१ औं वार्षिक उत्सव



कपिलवस्तु, आश्विन २० । सामाजिक रुपान्तरणको अभियानमा चार दशकको यात्रा शुभारम्भ गरेको माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाले ३१ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । संस्थाले ३१ औं वार्षिक उत्सवको अवसरमा संस्थाको मुख्य कार्यालय बाणगंगा न.पा. वडा नं. ६ भगलापुरमा मैनवत्ती प्रज्जवलन एवम् शुभकामना आद्रान गरी सम्पन्न गरेको संस्थाका सचिव प्रकाश भुसालले जानकारी दिनु भयो ।

वार्षिक उत्सवको अवसरमा संस्थाका अध्यक्ष खेमराज भट्टराईले संस्थालाई स्थापना कालदेखि विभिन्न समयमा योगदान पु¥याउनु हुने सबै प्रति हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्नु भएको छ । अध्यक्ष भट्टराईले संस्थाले आगामी दिनमा आन्तरिक श्रोत परिचालनका साथै स्थानिय तहसंगको साझेदारीमा जोड दिने नीति अवलम्बन गर्दै श्रृजनात्मक कार्यमा जोड दिने बताउनु भएको छ ।

प्रकाशित : २१ आश्विन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६