पोखरा ३ असोज । सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि मात्रै अदालतमा पेश गरिने भएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी ) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा ल्याए पनि आज शनिबार अदालत बिदा भएकाले आइतबार अदालतमा उपस्थित गराइने जनाइएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पोखरा ल्याइएको हो ।लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।लामिछानेलाई पोखरा पु¥याइएसँगै रास्वपाका नेताहरू पनि पोखरा नै केन्द्रित भएका छन् । दुई उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, तोशीमा कार्कीलगायतका नेताहरू पनि पोखरा पुगेका छन् ।
३ कार्तिक २०८१, शनिबार
प्रतिक्रिया