कपिलवस्तु, २१ बैशाख
कपिलवस्तुको बाणगंगा नगरपालिका–बैरिया निवासी नरदेव मल्लले आफ्नो जीविकोपार्जनको शैली परिवर्तन गरेका छन्। उनी अहिले स्कूले विद्यार्थीलाई आवश्यक पर्ने झोला ९ब्याग० गाउँ–गाउँमा पुर्याउँदै आएका छन्।
मल्लले तीन चक्के रेक्सा प्रयोग गरी टोल–टोलमा पुगेर नयाँ तरिकाले ब्याग बिक्री गर्ने गरेका छन्। अझ विशेष कुरा के भने, उनले आफ्नो रेक्सालाई फरक शैलीमा परिमार्जन गर्नुका साथै त्यसमा साउण्ड सिस्टम ९माइक० जडान गरेका छन्। गाउँमा पुग्दा उनी माइकमार्फत जानकारी गराउँछन्, जसले गर्दा स्थानीय बासिन्दालाई उनको आगमनको सहजै जानकारी हुन्छ।
यसै तरिकाले उनले आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। मेहनती स्वभावका मल्ल बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका विभिन्न गाउँहरूमा दैनिकजसो पुग्ने गरेका छन्।








प्रतिक्रिया