पशुपति गिरी, बाणगंगा । नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाणगंगा नगरपालिकाको अध्यक्षमा अन्जित खनाल चयन हुनु भएको छ । कपिलवस्तुको जिनुवास्थित सन्फ्लाबरका प्रिन्सिपल समेत रहनु भएका खनाललाई राजापानीमा सम्पन्न भएको प्याब्सनको तेस्रो अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।
पाँच सदस्यीय समितिको सचिवमा हरि अधिकारी, कोषाध्यक्षमा अशिम कंडेल क्षेत्री रहनु भएको छ । सुरेन्द्र पाण्डेको अध्यक्षता, प्याब्सन केन्द्रीय सदस्य शिव प्रसाद गैरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै खनालले नीजि विद्यालयको समस्या र हकहितमा काम गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैरे, विशिष्ट अतिथि प्याब्सन जिल्ला अध्यक्ष सुन्दर पाण्डे लगायत जिल्लाका पदाधिकारी तथा सल्लाहाकारले सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
निवर्तमान अध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भएको थियो ।
प्रतिक्रिया