काठमाडौं२९ माघ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गर्नु भएको छ । भूमि आयोगमा अझै ९१ जना सदस्य नियुक्त हुन बाकी रहेका छन । केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्ला स्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार ३९ जनालाई सदस्य पदमा नियुक्त गर्नु भयो ।।मन्त्री अधिकारीले तेस्रो चरणमा अब बाँकी रहेका ९१ जना सदस्यहरु छिट्टै नियुक्त गर्ने बताउनु भयो ।भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले द्रूतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको दावी छ ।
२९ माघ २०८१, मंगलबार
प्रतिक्रिया