अन्तर्राष्ट्रिय

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट



काठमाडौँ, २ वैशाख

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गर्नुभएको थियो । मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उहाँले राजदूतसमक्ष अनुरोध गर्नुभएको थियो । –––

प्रकाशित : २ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६