ब्रेकिंग न्युज

भूमी ब्यवस्था र सहकारी क्षेत्रमा के के भए ऐतिहासिक काम ?



पार्वती पाण्डे
कपिलवस्तु १३ बैशाख । भूमी ब्यवस्थापन र सहकारी नियमनका क्षेत्रमा ऐतिहासिक काम भएपनि प्रचार प्रसारमा कमी रहेको नेपाल सरकारका मन्त्री बलराम अधिकारीले वताउनु भएको हो । नेकपा एमाले कपिलवस्तु काठमाडा मञ्चले आयोजना गरेको भित्तेपात्रो विमोचन ,उत्कृष्टता हासिल गर्ने विभिन्न विधाका महानुभावलाई सम्मान तथा नया वर्ष ०८२को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले यस्तो वताउनु भएको हो ।
मन्त्री अधिकारीले अध्यादेश पारित नभएपनि वर्तमान सरकारले भूमी विध्येक ल्याएर भूमी हिन दलित र सुकुम्वासीलाई जग्गाको मालिक बनाउने वताउनु भयो । आव ०८२ ।०८३ भित्रै ३ लाख भूमीहिनले लालपूर्जा पाउने स्पष्ट पार्नु भयो । उहाले सहकारी क्षेत्रलाई ब्यवस्थित पार्न सहकारी नियमन प्राधिकरणले तदरुकताका साथ काम गरेको दावि गर्नु भयो । सहकारीमा ऋण लगानी र बचत संकलनलाई थप बैज्ञानिक र ब्यवस्थित पारिएके दावि गर्नु भयो ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तवले वर्तमान सरकारको कामलाई नियाल्दा भूमी ब्यवस्था तथा सहकारी मन्त्री अधिकारी सर्वाधिक लोकप्रिय काम गर्ने मन्त्रीमा पर्ने ठोकुका गर्नु भयो ।यस्तै गरी अझै योजनावद्ध काम गर्न उहाले आग्रह गर्नु भयो । कार्यक्रममा एमाले लुम्विनी काठमाडौ संपर्क समन्वय कमिटीका अध्यक्ष श्री प्रसाद पाण्डे ,कपिलवस्तुका जिल्ला नेता तेजेन्द्र पाण्डे, प्रेस चौतराीकका केन्द्रिय सदस्य पार्वती पाण्डे लागयतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
मञ्चका अध्यक्ष शुनिल भटराईको अध्यक्षता र सचिव खेमराज आचार्यको संचालनमा भएको कार्यक्रममा मञ्का १ सय बढी कार्यकर्ताको उपस्थिती थियो । कार्यक्रममा कपिलवस्तुका वासिन्दा समेत रहेका उमा प्रसाद चर्तुबेदी डिआईजीमा बढुवा हुन सफ भएको भन्दै सम्मान गरिएको थियो । यसैगरी प्रदेश संपर्क समन्वय मञ्चले राखेको कार्यक्रममा कपिलवस्तु संपर्क मञ्च उत्कृट भएकोमा खेलाडीलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित : १३ बैशाख २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६