ब्रेकिंग न्युज

रचनात्मक कार्यमा अग्रसर बन्दै युवा संघ



भाद्र २, चन्द्रौटा
राजनैतिक आन्द्रोलनको अगुवाई गर्ने युवाहरुका संगठन यति खेर सामाजिक उत्तरदायित्व बहन गर्ने तर्फ अग्रसर देखा परेका छन् । मानिसको जीवन बचाउने कार्यमा राष्ट्रिय युवा संघ नेपाल, शिवराज नगर कमिटीले महत्वपूर्ण नेतृत्व दायि भूमिका गर्दै १ सय १५ यूनिट रगत संकलन गरेको संघका अध्यक्ष नारायण सापकोटाले बताउनु भयो ।


रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य सुशील कुमार श्रीवास्तव, एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारी, युवा संघका जिल्ला सह–इन्चार्ज गोपाल मणि ज्ञवाली, केन्द्रीय सदस्य विष्णु हमाल, जिल्ला अध्यक्ष तिलक गिरी लगायतका नेताहरूको आतिथ्यता रहेको युवा संघ, शिवराजले जनाएको छ । रक्तदान कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल, शिवराज नगर कमिटीको आयोजना र नेपाल रेडक्रस सोसाइटी बुटवलको प्राविधिक सहयोगमा आधारभूत अस्पताल चन्द्रौटामा सम्पन्न भएको हो ।

प्रकाशित : २ भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६