कपिलवस्तु, भाद्र ९
स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङकनमा बाणगंगा नगरपालिका देशकै दश उत्कृष्टको सीचमा पर्न सफल भएको छ ।
संघिय मामिला मन्त्रालयको गुणस्तर परिक्षण स्व मूल्यांकनको अन्तिम परिणामबाट
बाणगंगा नगरपालिकाले आ.व. २०८०÷०८१ मा राष्ट्रकै दश उत्कृष्ट गाउँ÷नगरपालिकाको सूचिमा बाणगंगा नगरपालिका, कपिलवस्तु ८९.७५ अंक प्राप्त गरी देशकै आठौं स्थानमा पर्न सफल भएको हो ।
देश भरबाट दश उत्कृष्ट गाउँ÷नगरपालिकाको सूचिमा पर्नेहरुमा निलकष्ठ नगरपालिका धादिङ, बाग्मती प्रदेशले ९३.५ अंक ल्याएर देशकै प्रथम बनेको छ । त्यस्तै खैरहनी नगरपालिका चितवन बाग्मती प्रदेशले ९२.७५ अंक ल्याएर द्धितिय र बेनीघाट रोराङ्ख गाउँपालिका धादिङ, बाग्मती प्रदेशले ९१.७५ अंक ल्याइ तितृय बनेको छ ।
त्यस्तै तिलोत्तमा नगरपालिका रुपन्देही लुम्बिनी प्रदेशले ९१.२५ अंक ल्याएर चतुर्थ, देवदह नगरपालिका, रुपन्देही, लुम्बिनी प्रदेशले ९०.७५ अंक ल्याएर पाँचौ स्थान, सूर्योदय नगरपालिका इलाम, कोशी प्रदेशले ९०.५० अंक ल्याएर छैटौं ं स्थान,इलाम नगरपालिका, इलाम, कोशी प्रदेशले ९० अंक ल्याएर सातौं स्थान, रुरु क्षेत्र गाउँपालिका गुल्मी, लुम्बिनी प्रदेशले ९० अंक ल्याइ सातौं बनेको छ । रत्ननगर नगरपालिका .चितवन, बाग्मती प्रदेशले ८९ अंक ल्याई नवौं बनेको छ भने अर्जुन चौपारी गाउँपालिका, स्याङ्गजा, गण्डकी प्रदेशले ८८.७५ अंक ल्याई दशौं र तानसेन नगरपालिका पाल्पा, लुम्बिनी प्रदेशले ८८.७५ अंक ल्याई दशौं स्थान प्राप्त गरेको छ ।

विशेषगरी आ.व. २०८०÷०८१ मा स्व मूल्याङकनका दश वटा क्षेत्रहरु र एक सय सूचकका आधारमा स्थानिय तहको संस्थागत क्षमता स्व.मूल्याङकन गर्ने गरिएको हो । दश क्षेत्रहरुमा सकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना ब्यवस्थापन, वित्तिय एवम् आर्थिक ब्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद ब्यवस्थापन, सहकार्य र समन्वय क्षेत्रहरु तोकिएको छ ।
संघिय मामिला मन्त्रालयको गुणस्तर परिक्षण स्व मूल्यांकनको अन्तिम परिणामबाट
पालिकाको कार्यसम्पादन, नीतिगत क्षमता, वित्तीय व्यवस्थापन, मानव संसाधन, सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता आदि पक्षमा सवल तथा सुधार आवश्यक छ भन्ने कुराको पहिचान गर्न मद्दत गर्ने बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो ।








प्रतिक्रिया