खोज–अनुसन्धान

वैशाख देखि हालसम्म तीन हजार २ सय ८१ विपद्का घटना



काठमाडौँ, १५ भदौः

गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने सात सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार ९६३ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कुल एक हजार १९७ आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन हुँदा एक सय ६५ घाइते भएका छन् ।

बाढीका दुई सय ४३ घटना हुँदा २७ जनाको ज्यान गएको छभने २२ बेपत्ता र १० घाइते भएका छन् । बाढीमा परेर एक हजार ७७८ परिवार प्रभावित भएका छन् । सो अवधिमा तीन सय ६८ ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर १८ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् । पहिरोका कारण चार सय ८१ परिवार प्रभावित भएका छन् ।

यस्तै, दुई सय ६६ वटा भारी वर्षाका विवरण प्राधिकरणले उपलब्ध गराएको छ । भारी वर्षाका कारण छ जनाको ज्यान जाँदा १२ घाइते भएका छन् भने सात यस ११ परिवार प्रभावित भएका छन् । कुल दुई सय ५८ चट्याङका घटना हुँदा ३१ जनाको ज्यान गएको छ । त्यसमा परेर एक सय ९३ जना घाइते भएका छन् भने तीन सय १७ घरपरिवार प्रभावित भएका छन् ।

यसैगरी सर्पदंशका दुई सय ६८ घटना हुँदा ७२ जनाको ज्यान गएको छ । दुई सय दुई जना घाइते हुँदा दुई सय ७२ घरपरिवार प्रभावित भएका छन् । कुल एक सय ५८ वटा वन डढेलोको घटना हुँदा दुई जना घाइते र २७ परिवार प्रभावित भएका छन् । हुरीबतासका दुई सय ८० घटना हुँदा आठ जनाको निधन भएको छ भने ४१ जना घाइते भएका छन् । त्यसबाट पाँच सय ३६ घरपरिवार प्रभावित भएका छन् । 
प्राधिकरणका अनुसार जनावर आक्रमणको घटनामा १५ जनाको निधन भएको छ । लेक लाग्नुका ४९, भूकम्प पाँच, डुङ्गा पल्टेर दुई, असिना र माहामारीका एक–एक घटना घटेका छन् । प्राधिकरणले विपद्सँग जुध्नका लागि आवश्यक सतर्कता र सावधानी अपनाउन आग्रह गर्नुका साथै आवश्यक तयारीसमेत गरेको छ । (रासस) 

प्रकाशित : १५ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६