खोज–अनुसन्धान

सवा चार करोड नगद र नौ किलो सुन बरामद



काठमाडौँ, १७ भदौ

नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट रु चार करोड २५ लाख ५० हजार नगद, नौ किलो आठ सय ३७ दशमलब ९६ ग्राम सुन र तीन किलो २१८ दशमलव ४९२ ग्राम चाँदी बरामद गरेको छ ।

गोर्खा जिल्ला गोर्खा नगरपालिका–६ गोर्खा बसपार्क घर भई हाल काठमाडौँ महानगरपालिका–२६  सामाकोसी गोङ्गबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरमद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो ।रासस

प्रकाशित : १८ भाद्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६