खोज–अनुसन्धान

शुक्रबार देशभर ३४ विपदका घटना



काठमाडौँ, २१ भदौः

शुक्रबार देशभर कूल ३४ विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावर आक्रमणजस्ता विपदका घटना घटेका छन् ।

विपदमा परेर एकको मृत्यु, छ जना घाइते भएका छन् । विभिन्न पाँच वटा सडकमा अवरोध भएका छन् भने अनुमानित क्षति रु तीन लाख ९५ हजार बराबर भएको छ ।

प्राधिकरणका अनुसार, पाँचथर, ताप्लेजुङ, लम्जुङ, मुस्ताङ, रोल्पा, रुकुमपूर्व, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, बझाङ र सोलुखुम्बुमा पहिरोकारण जनजीवन प्रभावित भएको छ ।

यस्तै, सोलुखुम्बु, कास्की, दाङ, कालिकोट,रुकुम पश्चिम, बैतडी, डडेल्धुरामा अविरल वर्षाका घटना भएका न् । यसैगरी बझाङ, सुनसरी, ओखलढुंगा, रुपन्देही,सर्खेत, मुगु, कैलालीमा चट्याङका घटना भएका छन् । यस्तै, सर्लाही, बर्दिया, कञ्चनपुर र डोटीमा जनावर आक्रमणको घटना घटेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार, गत वैशाखदेखि यही भदौ १८ गतेसम्म कूल तीन हजार ४४७ वटा विपदका घटना घटेका छन् । त्यसमा परेर २२१ जनाको निधन भएको छ ।

यस्तै, २२ जना नागरिक बेपत्ता भएका छन् भने ८११ जना घाइते भएका छन् । ती घटनामा परेर छ  हजार २६१ घरपरिवार प्रभावित भएका छन् ।

कूल २५४ वटा बाढीका घटना भएका छन् । त्यसमा परेर २७ जनाको निधन भएको छ भने २२ बेपत्ता भएका छन् । यस्तै, १० जना घाइते भएका छन् भने एक हजार ८१२ घरपरिावर प्रभावित भएका छन् । यस्तै, ४१८ वटा पहिरोका घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ५५९ घरपरिावर प्रभावित भएका छन् ।

यसैगरी, आगलागीका घटना एक हजार २३१ भएका छन् । आगलागीमा परेर २३ जनाको निधन भएको छ भने १७४ घाइते भएका छन् ।

प्रकाशित : २१ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६