खोज–अनुसन्धान

दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन



महेन्द्रनगर (धनुषा), १० असोजः

दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले दसैँका बेला यहाँ धेरै श्रद्धालु–भक्तजन आउन भएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसवर्ष सुरक्षा व्यवस्थापनका लागि आठ सय पाँच जना नेपाल प्रहरी, चार सय ५० जना सशस्त्र प्रहरी र ९० जना ट्राफिक प्रहरी संयुक्त रूपमा परिचालन गरिएका छन् । सुरक्षाका लागि मुख्यमुख्य चोक तथा क्षेत्रमा जाँच, गस्ती र सादा पोसाकमा प्रहरी परिचालन गरेको र सहरी क्षेत्रमा कुनै समस्या उत्पन्न भए पाँच मिनेटभित्र तथा ग्रामीण क्षेत्रमा १० मिनेटभित्र प्रहरी टोली पुग्नेगरी व्यवस्थापन योजना बनाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । 

यस्तै, प्रहरीले नगरवासीलाई शङ्कास्पद गतिविधि गरेको पाइए वा कुनै व्यक्तिमाथि शङ्का लागेमा तुरुन्त जानकारी दिन आग्रहसमेत गरेको छ । विशेष सुरक्षा योजनाअन्तर्गत राजदेवी मन्दिरलगायत अन्य शक्तिपीठमा भक्तजनको भीड व्यवस्थापन, चोरी–डकैती नियन्त्रण तथा सम्भावित दुर्घटना रोकथाम प्राथमिकतामा राखिएको धनुषाका ट्राफिक प्रमुख सूर्यबहादुर शाहीले बताउनुभयो । प्रहरी प्रशासनले भक्तजनको सुरक्षालाई सुनिश्चित गर्न पूर्वतयारीका साथ अभियान सञ्चालन गरिरहेको उहाँको भनाइ छ । 

प्रकाशित : १० आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६