खोज–अनुसन्धान

उच्च मनोबलका साथ काम गर्न गृहसचिवको निर्देशन



काठमाडौँ, १२ असोजः

गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखापर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

प्रहरी प्रधान कार्यालयको आज निरीक्षणका क्रममा उहाँले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गर्न निर्देशन दिनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न थप व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

गृह सचिव दङ्गालले आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस क्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्रभित्र रहेर नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताउनुभयो ।

सो अवसरमा गृहसचिव  दङ्गालसमक्ष प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले सङ्गठनको संरचना एवम् विकासक्रम, अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्या तथा आगामी कार्यदिशा र अपेक्षाबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रकाशित : १२ आश्विन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६