खोज–अनुसन्धान

दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ युवक सार्वजनिक



ठाकुरबाबा (बर्दिया), २३ असोज

बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार) लाई सार्वजनिक गरेको हो ।

प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकामा  खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको बताउनुभयो । 

घटनापछि अनुसन्धानका क्रममा पक्राउ पेरका तिरुवाले  बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । 

प्रकाशित : २३ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६