अर्थ-वाणिज्य

असोजमै फुल्यो ‘पलम’



तुलसीपुर (दाङ), ३० असोज

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।
विगतमा फागुन÷चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताउनुभयो । “विगतमा फागुन÷चैतमा फूल फुल्थ्यो । यसवर्ष भने असोजमै फुल्न थालेको छ”, उहाँले भन्नुभयो ।

यहाँ प्रायःसबै घरमा पलमका बोट छन् । तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो । गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो । वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउनुहुन्छ । “तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ । हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ”, उहाँले भन्नुभयो । 

प्रकाशित : ३० आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६