भक्तपुर, १ कात्तिक
जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्ने ४० वर्षीय गोपाल विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो । पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउण्ड सात थान बरामद गरिएको छ ।
पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया