देश

लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र अस्वीकार्यः मुख्यमन्त्री बानियाँ



भक्तपुर, ६ कात्तिक

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कुनै पनि बहानामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र स्वीकार्य नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले बुधबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लोकतन्त्रले जनतालाई सार्वभौम बनाएको चर्चा गर्दै व्यवस्था परिवर्तन नभई व्यवस्थाभित्र रहेर समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँले गलत कार्य गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापति बानियाँले ‘जेनजी’ प्रदर्शनबाट अब पाठ सिकेर राजनीतिक दलहरू सुध्रेर अगाडि बढ्नुपर्ने र जनताले पठाएका प्रतिनिधिले ठिक ढङ्गले काम गरे कसैसँग डराउनु पर्ने अवस्था नआउने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “जेनजी प्रदर्शन अनियमितताविरुद्धको आवाज र   भ्रष्टाचारविरुद्धको आक्रोस थियो । त्यसैले अब त्यस क्रममा सहादत प्राप्त गर्नेहरूलाई सम्मान गर्दै राजनीतिक दल र नेतृत्व सुध्रनु पर्छ ।”

मुख्यमन्त्री बानियाँले भविष्यमा यस्ता आन्दोलन नहुन दिन प्रत्येक वडादेखि केन्द्रसम्म रहेका सबै जनप्रतिनिधीहरू सुध्रेर जनपक्षीय काममा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  

कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधान र  लोकतन्त्रको रक्षाका लागि पार्टीलाई एकताबद्ध बनाउँदै सङ्गठन परिचालनमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित : ७ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६