कपिलवस्तु, ६ कात्तिक —
लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले इजरायली नेतृत्व, जनताको अनुशासन, परिश्रम र संवेदनशीलताबाट नेपालले धेरै सिक्नुपर्ने बताएका छन्। उनका अनुसार, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालै स्वर्गीय नेपाली नागरिक विपिनकी आमा र वैनीप्रति देखाएको सहानुभूति र आदरभावले यहुदी समाजको मानवीय संवेदनशीलता र नेतृत्व संस्कृतिलाई प्रष्ट रूपमा उजागर गरेको छ।

पन्थीले भने, “इजरायलले नेपालभन्दा करिब सात गुणा सानो, बंजर मरुभूमिबाट छोटो अवधिमा आफूलाई विश्वका सक्षम र सम्पन्न देश मध्ये एकको रूपमा स्थापित गर्न सकेको छ। यो उपलब्धि अनुशासन, राष्ट्रप्रेम र कर्मठतामा आधारित छ। हामीले त्यही बाटो सिक्न, बुझ्न र व्यवहारमा उतार्न बाँकी छ।”
उनले नेपाली समाज र राजनीतिक नेतृत्वले पनि राष्ट्रिय एकता, व्यावहारिक सोच र निष्ठापूर्ण कार्यशैलीलाई प्राथमिकता दिए मात्र देशको समृद्धि सम्भव हुने बताउँदै इजरायलको उदाहरण प्रेरणाको स्रोत बन्ने उल्लेख गरे।








प्रतिक्रिया