ब्रेकिंग न्युज

कपिलवस्तु सहित ३० जिल्लामा बाढीको जोखिम



काठमाण्डौ – आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, धनकुटा, इलाम, मोरङमा बाढीको मध्यम जोखिम छ ।

यस्तै सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराह, सप्तरी, सिन्धुली, काभ्रे, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु लगायत आसपासका जिल्ला भई वहने नदी तथा खोलाहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

मुख्यगरी कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो नदीहरुको वहाव बढ्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पर्सि शनिबारदेखि भने जोखिम घट्दै जाने महाशाखाले जनाएको छ ।

प्रकाशित : १४ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६