अन्तर्राष्ट्रिय

इरानद्वारा इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण



तेहरान, ८ कात्तिक (रासस/एएफपी):


इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । तेहरानस्थित मेहर समाचार एजेन्सीले आइतबार यसबारे जानकारी दिएको हो । समाचार एजेन्सीका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को स्थल सेनाले सञ्चालन गरेको ड्रोन आक्रमणमा बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालयलाई शनिबार राति निशाना बनाइएको थियो । इरानले उक्त समूहलाई आतङ्कवादी तथा पृथकतावादी सङ्गठनका रूपमा लिँदै आएको छ । इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा इरानी कुर्द विपक्षी लडाकु समूहका विभिन्न शिविर र आधार रहेका छन् । मध्यपूर्वमा फेब्रुअरीमा द्वन्द्व सुरु भएयता इरानले यी समूहलाई पटकपटक निशाना बनाउँदै आएको छ । तेहरानले इरानी कुर्द लडाकु समूहहरूलाई आफ्नो कट्टर शत्रु इजरायलको समर्थन प्राप्त रहेको आरोप लगाउँदै आएको छ । यद्यपि, पछिल्लो ड्रोन आक्रमणबारे आईआरजीसीले तत्काल आधिकारिक रूपमा जिम्मेवारी लिएको छैन । यस क्षेत्रमा भएका पछिल्ला आक्रमणमध्ये सबैभन्दा घातक घटनामा गत जुलाई १७ मा सुलेमानिया सहरनजिक कोमाला समूहका नौ जना सदस्य मारिएका थिए । –––

प्रकाशित : ९ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६