खोज–अनुसन्धान

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री



भोजपुर, १४ कात्तिकः समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।

यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११ लाख प्रदान गर्नुभएको थियो ।
पोसाक र शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थी प्रशन्न छन् । समाजसेवी राईलाई विद्यालयका तर्फबाट सम्मान गरिएको छ । बिहीबार विद्यालय परिसरमा विद्यार्थीलाई पोसाक वितरण तथा राईलाई सम्मान गरिएको हो ।

प्रकाशित : १५ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६