अर्थ-वाणिज्य

अनुदान मल बरामद विषयमा नगरको ध्यानाकृष्ट भ्रामक प्रचार बाजी नगर्न अपिल



कपिलवस्तु, कार्तिक १५

अनुदानको मल बरामद विषयमा बाणगंगा नगरपालिकाले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ । बाणगंगा नगरपालिकाको कृषि विकास शाखाले विज्ञप्ती मार्फत बाणगंगा न.पा. वडा नं. १०, पटना स्थित सुलेमान हार्डवेयरबाट २२६ बोरा मल बरामद विषयमा आफ्नो ध्यानाकृष्ट भएको जनाएको हो ।
प्रारम्भिक छानबिन अनुसार बरामद मल नगरपालिकाको कोटाभित्र नपर्ने र अन्य पालिकाको अनुदान मल व्यापारी तथा सहकारीको मिलेमतोमा महँगो मूल्यमा बिक्री गर्ने नियतले राखिएको देखिएको छ।नगरपालिकाले जानकारी दिंदै भन्यो, “विगतमा पनि बजार अनुगमनका क्रममा अनुदानको मल अनियमित रूपमा भेटिएको थियो। यसकारण सम्बन्धित व्यापारीमाथि जरिवाना सहित कारबाही गरिएको थियो। पुनः यस्ता गतिविधि दोहोरिएको देखिनुले कडा कारवाही आवश्यक भएको छ।” साथै, केही व्यक्तिहरूले सामाजिक सञ्जालमा नगरपालिकाको प्रतिष्ठामा आँच पुग्नेगरी भ्रामक समाचार र टिप्पणीहरू गरेको प्रति नगरपालिकाले दुःख व्यक्त गरेको छ। नगरपालिकाले स्पष्ट पारेको छ कि कृषि तथा बहुउद्देश्यीय २६ वटा सहकारीलाई कार्यक्षेत्र तोकी अनुदान मल वितरणको अनुमति दिइएको र किसानहरूलाई निर्धारित मूल्यमा व्यवस्थित रूपमा वितरण भइरहेको छ।
नगरपालिकाले आम नागरिकहरूलाई घटनाको वास्तविकता नबुझी फैलाइएका पोस्ट र टिप्पणीहरूमा नगर्न आग्रह गर्दै, यस्ता भ्रमपूर्ण प्रचारले नगरवासीमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सचेत रहन अपील गरेको छ।

प्रकाशित : १६ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६