देश

सडकदेखि विद्यालयसम्म बाणगंगाको दिगो विकास यात्रा



कपिलवस्तु, कात्तिक १८

कपिलवस्तुको उत्तरी क्षेत्रमा अवस्थित बाणगंगा नगरपालिकाले सडक देखि शैक्षिक पूर्वाधारमा दिगो विकासलाई जोड दिएको छ । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ सम्म पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको नगरले पूर्वाधार निर्माणमा दिगोपनामा जोड दिएको छ । सडक, पुल, भवन, सिँचाइ, स्वास्थ्य, शिक्षा, खेलकुद र धार्मिक संरचना निर्माणमा निरन्तर गति ल्याउँदै नगरपालिकाले विकासको आधारभूत ढाँचा मजबुत बनाएको छ।
नगरपालिकाका तथ्यांक अनुसार, पछिल्ला वर्षमा सडक विकासलाई उच्च प्राथमिकता दिइएको छ। अहिलेसम्म १६० किलोमिटरभन्दा बढी सडक ग्रेवल स्तरोन्नति गरिएको छ भने ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। चालु आर्थिक वर्षमा मात्रै थप १३.६७ किलोमिटर सडक कालोपत्रे निर्माण गरिएको छ।
कल्भर्ट, ढलान र नाली निर्माणमा पनि उल्लेखनीय प्रगति देखिएको छ। हालसम्म १२७ वटा कल्भर्ट निर्माण भइसकेका छन् भने चालु वर्षमा थप २८ वटा निर्माण भइरहेको छ। नगरभित्र ३३ हजार मिटरभन्दा बढी नाली निर्माण सम्पन्न भइसकेको छ।
सिँचाइ पूर्वाधारतर्फ १२ हजार मिटरभन्दा बढी कुलो, नहर र बोरिङ जडान कार्य सम्पन्न भएको छ, जसले स्थानीय कृषि उत्पादनमा प्रत्यक्ष योगदान पु¥याएको छ।
शैक्षिक पूर्वाधारमा ६५ विद्यालय भवन, ७ मदरसा र १ वाचनालय निर्माण भइसकेको छ। खेलकुद पूर्वाधार विस्तारमा नगरले २४ खेलकुद संरचना निर्माण गरिसकेको छ, जसमा खेलमैदान, कबर्ड हल, बास्केटबल कोर्ट र रंगशाला समावेश छन्।
धार्मिक र सांस्कृतिक संरचनामा ६७ मन्दिर, ६ मस्जिद, ९ गुम्बा र ६ बुद्ध विहारको निर्माण÷संरक्षण कार्य सम्पन्न भइसकेको छ।
पर्यावरणीय तथा सामुदायिक पूर्वाधारमा पनि उल्लेखनीय प्रगति भएको छ। वृक्षारोपण, नदी नियन्त्रण, पोखरी मर्मत, सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।
स्वास्थ्य र खानेपानी क्षेत्रमा २० स्वास्थ्य संरचना र २६६ हेण्डपम्प स्थापना गरी नागरिकको आधारभूत सेवामा सहज पहुँच सुनिश्चित गरिएको छ।

नगर प्रमुख चक्रपाणी अर्यालले भने, “हामी ‘पूर्वाधारमै समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्दै दिगो र समावेशी विकासमा केन्द्रित छौं। प्रत्येक वडामा समान अवसरका साथ योजनाको कार्यान्वयनमा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गरिएको छ।” नगरपालिकाले आगामी वर्षमा स्मार्ट सडक सञ्जाल, दिगो सिँचाइ व्यवस्था, पर्यटकीय पूर्वाधार र वातावरणमैत्री विकासलाई मुख्य प्राथमिकता दिने जनाएको छ।

प्रकाशित : १९ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६