ब्रेकिंग न्युज

नेत्री झाँक्रीको समूह एकीकरण प्रक्रियामा सहभागी नहुने



काठमाडौँ, १९ कात्तिक

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहितका केही नेताहरुले नेकपा (माओवादी केन्द्र) सहित १० कम्युनिष्ट पार्टीबीच हुने एकता प्रक्रियामा सामेल नहुने बताउनुभएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरी नेत्री झाँक्री र विघटित प्रतिनिधिसभाका सदस्य किसान श्रेष्ठले पार्टीको तर्फबाट एकीकरणका पक्षमा निर्णय भएपनि आफूहरू त्यसमा सहभागी नहुने स्पष्ट गर्नुभएको हो ।

एकता र विभाजनका शर्तहरुमा अगाडि जाने गन्तव्यका बारेमा स्पष्ट सोच हुनुपर्ने तथा सिद्धान्त र कार्यक्रम मिल्नेसँग एकता गर्ने नेत्री झाँक्रीले बताउनुभयो ।

 यसैगरी नेता श्रेष्ठले नेकपा (एमाले) ले पुरानै घरमा फर्कन अनुरोध गरिरहेको सन्दर्भमा निशर्तरुपमा एमालेमा फर्कन चाहेको बताउनुभयो । 

 पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका नेता पीताम्बर तिमिल्सनालगायत सहभागी हुनुहुन्थ्यो ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत दलहरुबीच आज एकता घोषणा हुन लागेको सन्दर्भमा पत्रकार सम्मेलनमार्फत सो जानकारी दिनुभएको हो ।

प्रकाशित : २० कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६