खोज–अनुसन्धान

नेपालगञ्जमा ‘इ–लाइब्रेरी’ बन्दै



नेपालगञ्ज, ६ मङ्सिर

यहाँस्थित महेन्द्र पुस्तकालय ‘इ–लाइब्रेरी’का रुपमा रुपान्तरण हुने भएको छ । पुस्तकालयका अध्यक्ष बलराम यादवले निकट भविष्यमा पुस्तकालय सञ्चालन हुने बताउनुभएको छ ।

रासससँग कुरा गर्दै अध्यक्ष यादवले प्रदेश तथा सङ्घीय सरकारसँग कम्प्युटर उपलब्ध गराउन माग पनि गर्नुभयो । हाल पुस्तकालयमा तीन वटा कम्प्युटर छन् । इ–लाइब्रेरी सञ्चालनका लागि रु छ लाख आवश्यक भएको बताउनुभयो । 

यसैबीच, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री आदेशकुमार अग्रवालले आगामी  वर्षदेखि पुस्तकालयलाई उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि पुस्तकालयलाई नियमित रूपमा सहयोग गरिने बताउनुभएको छ । 

शुक्रबार भएको पुस्तकालयको १८औँ अधिवेशनले  यादवलाई पुनःअध्यक्ष चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा पङ्कज श्रेष्ठ र कोषाध्यक्ष अजयकुमार टण्डन पनि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । 

प्रकाशित : ७ मंसिर २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६