८ मंसिर, काठमाडौं
प्रख्यात पत्रकार तथा ‘रेडियो अडियो’का संस्थापक दिपेन्द्र खनिया काठमाडौंको बानेश्वरस्थित आफ्नै निवासमा मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानका आधारमा उनको मृत्यु आत्महत्याको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
श्रीमती र एक छोरीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम मानिन्थे। कम्युनिकेशन कर्नर, रेडियो सगरमाथा लगायतका सञ्चारमाध्यममा काम गरिरहेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य आधारित रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका थिए। उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।








प्रतिक्रिया