राजनीति

मंसिर १३ मा एमाले महाधिवेशन प्रतिनिधी चयन



कपिलवस्तु, मंसिर ११

नेकपा एमाले क्षेत्र नं. १ को क्षेत्रीय समन्वय समितिको बैठकले आगामी मंसिर १३ गते हुने महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया तय गरेको छ। बैठकले बिहान ८ देखि ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको जनाएको छ।
बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलराम अधिकारीले महाधिवेशन प्रतिनिधि सकभर सर्वसम्मत तरिकाले चयन गर्ने प्रयास रहने बताउनुभयो। सर्वसम्मति सम्भव नभए निर्वाचनमार्फत प्रक्रिया अघि बढाइने उहाँको भनाइ थियो। प्रतिस्पर्धा स्वच्छ र मर्यादित हुनेमा आफूहरू विश्वस्त रहेको उहाँले स्पष्ट पार्नुभयो।


एमाले केन्द्रीय सल्लाहकार भानु श्रेष्ठले महाधिवेशनले यसपटक पार्टीलाई नयाँ नेतृत्व दिन सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार महाधिवेशनले संगठन सुदृढीकरणमा महत्त्वपूर्ण मोड दिनेछ।


सोही कार्यक्रममा एमाले नेता डम्मर शर्माले कपिलवस्तु क्षेत्र नं. १ अन्तर्गत ओदारी (१), गोरुसिङे (२) र चन्द्रौटा (३) मा प्रतिनिधि छनौट प्रक्रिया सञ्चालन हुने जानकारी दिनुभयो।


त्यसैगरी प्रदेश नेतृ धनु अधिकारीले महाधिवेशनमा यसपटक युवा प्रतिनिधित्व सुनिश्चित गरिएको बताउँदै यसले युवावर्गमा नयाँ उत्साह थपिएको धारणा राख्नुभयो।
बैठक क्षेत्रीय समन्वय समितिका संयोजक शंकर पान्डेको अध्यक्षतामा, सहसंयोजक विश्व कार्कीको स्वागत मन्तब्य तथा सचिव लक्ष्मन बेल्बासेको सञ्चालनमा सम्पन्न भएको हो।

प्रकाशित : १२ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६