अर्थ-वाणिज्य

पशुबिमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित



काभ्रेपलाञ्चोक, १२ मङ्सिर,

पनौती नगरपालिकामा सञ्चालन भएको पशुधन बिमा कार्यक्रमबाट चार हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गत वर्षदेखि प्रारम्भ भएको उक्त कार्यक्रमले नगरका १२ वटै वडाका किसानलाई समेटेको छ ।

बिमा कार्यक्रममार्फत नगरभित्रका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर, सुँगुर, कुखुरा तथा हाँसजस्ता पशुपन्छीको बिमा गरिएको हो । नगर पशुपन्छी शाखाका अनुसार हालसम्म सबै वडाबाट चार हजार ४८ किसान कार्यक्रममा सहभागी छन् । किसानले व्यक्तिगत रुपमा पशुको बिमा गर्दा रु एक हजार ४०० देखि रु एक हजार ५०० सम्म खर्च हुने गरेको छ ।

पनौती नगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब ३० हजार बाख्रा, १० हजार गाई, छ हजार भैँसी, ५०० बङ्गुर तथा झण्डै एक लाख पन्छी छन् । नगरले हालसम्म पाँच हजार २८१ गाई, दुई हजार २३१ भैँसी, पाँच हजार ७८० बाख्रा, २४ हजार पन्छी तथा १८ वटा बङ्गुरको बिमा गरेको छ ।

पालिकाकी शाखा प्रमुख दिपिका २०० पशुको दाबी भुक्तानी भइसकेको छ ।

नगरले यसअघि ‘भैँसी संरक्षण–सम्बद्र्धन अभियान’अन्तर्गत प्रतिभैँसी रु पाँच हजार ‘भँैसी सुत्केरी भत्ता’ कार्यक्रम सञ्चालन गरेको थियो । नगरमा भैँसीको सङ्ख्या तेब्बर पुगेको थियो ।

प्रकाशित : १३ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६