१६ मंसिर, कपिलवस्तु
आफ्नो सन्तानको प्रगतिमा सम्मानित हुन पाउनु कुनै पनि बाबाका लागि अपार खुशी र गर्वको विषय हो। यही गर्वको भावना बोकेर समृद्ध ज्ञवालीका पिता आज सम्मान ग्रहण गर्न मंचमा उभिँदा कार्यक्रम स्थल भावनाले झनै भरिएको थियो।

लुम्बिनी भिजन कलेजमा विविएस प्रथम वर्षको परीक्षामा कपिलवस्तु जिल्ला प्रथम हुन सफल समृद्ध ज्ञवाली सहीत उत्कृष्ट छात्र छात्रालाई सम्मान गर्ने उद्देश्यले एक भव्य समारोह आयोजित गरिएको थियो। त्रिवि व्यवस्थापन संकाय, स्नातक तह अन्तर्गत बिविएस प्रथम वर्षको हालै प्रकाशित नतिजामा समृद्ध ज्ञवालीले ६८.५ प्रतिशत अंक ल्याउँदै कलेजको नाम उजिल्याए।

कलेज प्रशासनका अनुसार नियमिततर्फको नतिजामा समृद्ध ज्ञवाली जिल्ला प्रथम भएको दाबी गरिएको छ। कलेज बाणगंगा नगरपालिका–३ गंगौलिया, कपिलवस्तुमा अवस्थित छ।

कार्यक्रममा क्याम्पसका प्रमुख कार्यकारी अधिकृत कृष्ण केसी, प्रबन्ध निर्देशक यूवराज पोख्रेल, क्याम्पस प्रमुख सुन्दर पाण्डे सहित प्राध्यापक, कर्मचारी, विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उत्कृष्ट अंकसहित सफलता हासिल गर्ने समृद्ध ज्ञवाली सहित अन्य विद्यार्थीहरूलाई कलेजले सम्मान गर्यो। आगामी दिनहरूमा उनीहरूको शैक्षिक यात्रा झनै सफल होस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।








प्रतिक्रिया