अर्थ-वाणिज्य

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात



भद्रपुर (झापा), १८ मङ्सिर

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् रु आठ करोड ४१ लाख २२ हजारले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो । चालु आवको चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु तीन अर्ब १० करोड ५४ लाख मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु एक अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, उक्त चार महिनाको अवधिमा रु ८२ करोड ६३ लाख मूल्य पर्ने आठ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, रु २६ करोड ३३ लाख मूल्य पर्ने दुई हजार ९०८ किलोलिटर एटिएफ र रु चार करोड ६१ लाख मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।

प्रकाशित : १९ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६