अर्थ-वाणिज्य

मेला महोत्सव किसान र व्यवसायीका लागि महत्त्वपूर्ण उपाध्यक्ष घिमिरे

प्रथम व्यापार मेलाले उत्कृष्टता हासिल गरेको निष्कर्ष



कपिलवस्तु, १८ मंसिर

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले मेला–महोत्सव किसान र व्यवसायीका लागि अत्यन्तै महत्त्वपूर्ण हुने बताएकी छन्। बुधबार मायादेवी रंगशालामा मंसिर ५ गतेदेखि सञ्चालनमा रहेको प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले मेला महोत्सवले स्थानीय आर्थिक विकासलाई गति दिएको धारणा राखिन्।

उपाध्यक्ष घिमिरेले समन्वय र सहकार्यका आधारमा आयोजना गरिने मेला–महोत्सव फलदायी हुने उल्लेख गर्दै प्रथम व्यापार मेला सफलतापूर्वक सम्पन्न भएकामा धन्यवाद व्यक्त गरिन्। मेलाबाट स्थानीय समुदाय, किसान तथा व्यवसायी सबैले प्रत्यक्ष फाइदा लिएको उनले बताइन्।

कार्यक्रममा वाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले मेला आयोजनाका लागि आगामी दिनमा पनि नगरपालिकाले सहकार्य र समन्वय जारी राख्ने प्रतिवद्धता जनाइन्। स्थानीय किसानले उत्पादन गरेका वस्तु र सामग्रीलाई प्राथमिकता दिइने उनले स्पष्ट गरिन्।

त्यसैगरी वडा नं ८ का अध्यक्ष बाबुराम अर्यालले क्षेत्रमै पहिलोपटक आयोजना गरिएको व्यापार मेलाले स्थानीयवासी उत्साहित बनेको बताए।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेलाका संयोजक खिमानन्द पौडेल कोपिलले पहिलो संस्करणमै व्यापार मेलाले उत्कृष्टता हासिल गरेको बताए। मेलालाई सफल पार्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा अझ ठूलो परिमाणमा मेला सञ्चालन गर्ने लक्ष्य रहेको उल्लेख गरे। मंसिर ५ गतेदेखि सञ्चालित प्रथम व्यापार मेला बुधबार औपचारिक रूपमा समापन गरिएको हो।

प्रकाशित : १९ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६