देश

‘अभिमन्युः च्याप्टर एक’ प्रदर्शनमा



काठमाडौँ, २० मङ्सिर

नेपाली चलचित्र ‘अभिमन्युः च्याप्टर–१’ नेपालभर प्रदर्शन भएको छ । तराईको पृष्ठभूमिमा तयार गरिएको उक्त चलचित्रमा सामाजिक संदेशसहित मनोरञ्जनात्मक कथा प्रस्तुत गरिएको निर्माता विनोद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एउटा सन्देशमूलक कथालाई चलचित्रको शैलीमा रोमाञ्चक बनाएर प्रस्तुत गरेका छौँ । यसले मनोरञ्जन र सन्देश दुवै दिन्छ भन्ने हाम्रो विश्वास छ । नियमित रूपमा बनिरहेका चलचित्रभन्दा फरक बनाउने कोसिस गरेका छौँ ।” निर्माता पौडेलसहितका समूहले निर्माण गर्नुभएको ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा ऐतिहासिक व्यापार गर्न सफल भएको थियो । यो उहाँले निर्माण गर्नुभएको दोस्रो चलचित्र हो । अब्बल अभिनेताका रूपमा परिचित कामेश्वर चौरसियाले कलाकारिता सुरू गर्नुभएको झण्डै सत्र वर्षपछि यहि चलचित्रमा मुख्य भूमिकामा देखिनुभएको छ । “मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भन्नुभयो । अभिनय यात्रामा पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेको अभिनेता चौरासियाले बताउनुभयो । उक्त चलचित्रमा उहाँसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गर्नुभएको छ ।

प्रकाशित : २१ मंसिर २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६