बाणगंगा, २० मंसिर
पिपरा अस्पताल व्यवस्थापन समितिको शनिबार बसेको बैठकले अस्पतालमा कार्यरत जनरल सर्जन डा। संजोग शिवाकोटीलाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरेको छ। बैठक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकले क्षमता, कार्यदक्षता र सेवा–सम्पादनका आधारमा डा। शिवाकोटीलाई जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका डा। संजोग शिवाकोटीलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ।
पिपरा अस्पतालले हालका वर्षहरूमा सेवा विस्तार तथा संरचनागत सुधारमा गति ल्याइरहेको छ। नयाँ नेतृत्वले सेवा अझ प्रभावकारी र विश्वसनीय बन्ने अपेक्षा गरिएको अस्पताल स्रोतले जनाएको छ।








प्रतिक्रिया