अर्थ-वाणिज्य

बाणगंगाको १८औँ नगरसभा सम्पन्न



बाणगंगा, २८ पुस

बाणगंगा नगरपालिका, कपिलवस्तुको १८औँ नगरसभा नगरपालिकाको सभा हलमा भव्य रूपमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ। नगर विकासको दीर्घकालीन दिशा तय गर्ने महत्वपूर्ण नगरसभामा चालु आर्थिक वर्षका प्रस्तुत नीति तथा कार्यक्रम माथि गहन छलफल गर्दै सर्वसम्मत रूपमा पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनु भयो ।
नगरसभामा नगर प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाको समग्र विकासलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यस्तै नगर उप–प्रमुख रिता कुमारी चौधरीले नगरको आर्थिक प्राथमिकता र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विनियोजन विधेयक पेश गर्नुभयो।


त्यसैगरी, विधान समितिको तर्फबाट समितिका संयोजक बाबुराम अर्यालले आवश्यक र समसामयिक विभिन्न विधानहरू नगरसभामा प्रस्तुत गर्नुभयो। नगरको समसामयिक विषयहरूमा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलद्वारा प्रस्तावहरू पेश गरिनुका साथै ती प्रस्तावहरूमाथि सहभागी जनप्रतिनिधिहरूले सक्रिय छलफल गर्नुभएको थियो।
नगरसभामा प्रस्तुत नीति, कार्यक्रम, बजेट तथा प्रस्तावहरू छलफलपछि सर्वसम्मत रूपमा पारित भएसँगै १८औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको छ। नगरसभाको सफल आयोजना तथा व्यवस्थापनका लागि अहोरात्र खटिनु भएका सम्पूर्ण जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी साथीहरू तथा नगरसभामा सहभागी सबै प्रतिनिधिहरूप्रति नगरपालिकाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
यस नगरसभाले बाणगंगा नगरपालिकाको सुशासन, समावेशी विकास र उत्तरदायी स्थानीय सरकार निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो ।

प्रकाशित : २८ पुस २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६