अर्थ-वाणिज्य

‘स्वदेशी स्रोतसाधनको प्रयोग गरेर निर्वाचनका कार्यक्रम सञ्चालन भइरहेका छन्’



काठमाडौँ, ३० पुस

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशी सहयोगबिना, स्वदेशी स्रोतसाधनको अधिकतम प्रयोग गरेर निर्वाचनका कार्यक्रम सञ्चालन भइरहेका बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रम समापन समारोहलाई सोमबार यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि कर्मचारीको सेवासुविधा कटौती गर्नुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो । यो अभ्यास अन्तरराष्ट्रिय निर्वाचन कानुनविपरीत हुने उहाँले जानकारी दिनुभयो । ं “निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन, यो अन्तरराष्ट्रिय निर्वाचन कानुनको मान्यता विपरीत हो”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो । आचारसंहिता अनुगमन, निर्वाचन कार्यालयको व्यवस्थापन, शान्ति–सुरक्षा तथा गलत र भ्रामक सूचना नियन्त्रण गर्नु आयोगका लागि प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो । यस विषयमा आयोग सचेत र सक्रिय रहेको उहाँले उल्लेख गक्र्नुभयो । आचारसंहिता अनुगमनको सन्दर्भमा आयुक्त भण्डारीले विगतबाट पाठ सिक्दै सुधारका उपाय खोज्न थालिएको बताउनुभयो । निर्वाचन कार्यालयको स्थानबारे उहाँले सबै निर्वाचन कार्यालय सदरमुकाममा राख्ने विषय आयोगको एकल निर्णयले सम्भव नहुने जानकारी गराउनुभयो । शान्ति–सुरक्षाका विषयमा सरकारसँग समन्वय आवश्यक हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ छ । सरकारसँगको समन्वयमा शान्ति सुरक्षाको व्यवस्थापनमा काम भइरहेको जानकारी उहाँले गराउनुभयो । अभिमुखीकरणमा करिब १२० जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सहभागिता थियो । काठमाडौँसँगै चितवन, विराटनगर र नेपालगञ्ज गरी चार स्थानका ७७ जिल्लाकै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण गरिएको आयोगका प्रवक्ता नारायणपसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित : १ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६