ब्रेकिंग न्युज

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु



पर्वत, २ माघ

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको पुल निर्माणका लािग रु सात करोड ५० लाख विनियोजन भएको छ । उक्त मार्गअन्तर्गत हालसम्म पर्वतखण्डको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण भएका छन् । सुन्दरेखोला र मोदीखोलामा पनि निर्माण जारी छ । मोदीखोलाको पुल आगामी भदौ मसान्तभित्रमा सम्पन्न गरिसक्नुपर्ने छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको तीन वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भैसकेको छ । सडक दुई लेनको बनेपनि पुरानो संरचनामा बनेका ‘सिङ्गल लेन’का पुलले सवारीको चाप धान्न कठिन भएकाले नयाँ पुल निर्माण थालिएको हो ।

प्रकाशित : ३ माघ २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६