जीवनशैली

‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक



काठमाडौँ, २ माघ

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक भएको छ । आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो । नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, सङ्घर्ष, सेवा भावलाई सजिव रूपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरूले दिनानु दिन भोग्दै आएको सङ्घर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निश्वार्थ सेवाको यथार्थ चित्रणसहितको भाव उक्त गीतमा प्रस्तुत गरिएको छ । गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा जेनजी युवा पुस्ताले गरेको आन्दोलनको क्रममा उहाँले प्रत्यक्ष अवलोकन र अनुभूत गर्नुभएका विषयलाई यस गीतको माध्यमबाट उत्कृष्ट छायाङ्कनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तबरले प्रस्तुत गरिएको जनाइएको छ । जेनजी युवा पुस्ताको आन्दोलन पश्चात खरानीबाट उठेर नागरिक सेवा र सुरक्षामा होमिएका प्रहरीको मनोभाव, अनुशासन, देश प्रतिको जिम्मेवारी र आमनागरिक प्रतिको कर्तव्य बोधलाई यस गीतले भावानात्मक रूपमा उजागर गरेको महानिरीक्षक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त गीतमा दिपक शर्माको सङ्गीत, उदयराज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ रहेको छ । गायक थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा सुरक्षा पन्त, सूर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदीप पट्टेल, कृतिका बस्नेतलगायत कलाकारहरूले अभिनय गर्नुभएको छ । मानव सुवेदीको कथा एवं निर्देशन रहेको गीतको भिडियोमा सौरभ लामिछानेको छायाङ्कन तथा सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ । गीतको प्रदर्शनी कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायब महानिरीक्षहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । —

प्रकाशित : ३ माघ २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६