काठमाडौँ, २ माघ
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ । होटल सङ्घ नेपालको ‘हिरक जयन्ती’ विशेष समारोहको आज ललितपुरमा उल्लेख गर्दै उहाँले रोजगारी सिर्जना, सांस्कृतिक आदान–प्रदान, अन्तरराष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध सुदृढीकरणमा पर्यटन उद्योगले उल्लेखनीय योगदान दिएको बताउनुभयो । उपराष्ट्रपतिले दिगो पर्यटन, हरित अर्थतन्त्र, डिजिटल रूपान्तरण र अन्तरराष्ट्रिय साझेदारीलाई प्राथमिकता दिन सङ्घसमक्ष आग्रह गर्नुभयो । उहाँले विगतमा आन्दोलनका क्रममा होटल व्यवसायीले भोग्नुपरेका दुखद घटनाबाट पाठ सिकेर शान्तिपूर्ण संवाद र सहमतिको संस्कृतिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । पर्यटकको सुरक्षा, सुविधा र सम्मान सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उपराष्ट्रपतिले वातावरणमैत्री होटल सञ्चालन, गुणस्तरीय सेवा र आत्मीय आतिथ्यलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो । —








प्रतिक्रिया