देश

सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे



झापा, ३ माघ

सडकको दुरावस्था र चालकको लापरबाहीले सवारी दुर्घटना बढेका छन् । बितेका छ महिनामा औसत दैनिक तीन स्थानमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका जिल्ला ट्राफिक कार्यालयले जनाएका छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा झापामा ६०५ स्थानमा दुर्घटना भएका र त्यसबाट एक हजार ९७ जना घाइते भएका उक्त कार्यालयका प्रमुख सन्तोष राईले राससलाई बताउनुभयो । उक्त अवधिमा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ । घाइतेमध्ये ५५ जना गम्भीर र एक हजार ४२ जनाको अवस्था सामान्य छ । सडक दुर्घटना घटाउन ट्राफिक प्रहरीले समुदायसँग मिलेर चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । एसियाली राजमार्गको स्तरोन्नति भइरहँदा सडकको अवस्था नाजुक बनेको छ । यस्तो सडकमा लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटना बढेका कार्यालय प्रमुख राई बताउनुहुन्छ । गत पुसमा छ हजार ५२५ वटा सवारी साधन जाँच दुई हजार ४४५ वटा सवारीसाधनलाई सवारी नियम उल्लङ्घन गरेको अभियोगमा कारबाही गर्नुपरेको थियो । पुसमा १२० स्थानमा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु र १७३ जना घाइते भएका थिए । पुसमा ७३ जना घाइतेलाई दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याइएको थियो । मङ्सिरमा १२२ स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो । कात्तिकमा ११८ स्थानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख राईले बताउनुभयो । यसैगरी, असोजमा ९० मा, भदौमा ६३ र साउनमा ९२ स्थानमा सवारी दुर्घटना हुँदा क्रमशः छ, चार र तीन जनाको मृत्यु भएको थियो । पुस महिनामा भएको १२० वटा दुर्घटनाको विश्लेषण गर्दै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले अधिकांश दुर्घटना सवारी चालकको लापरबाहीका कारण हुने गरेको बताउनुभयो । पुसमा १११ स्थानमा भएका सवारी दुर्घटनामा चालकको लापरबाही पाइएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : ४ माघ २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६